• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’पर्व

  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाल्चोक । खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् ।

    कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान सङ्घ सिन्धुपाल्चोकको सहआयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानलगायतले शुभकामना व्यक्त गर्दै माझी समुदायको संस्कृति संरक्षणमा नगरले सहयोग गर्ने बताउनुभयो ।

    जिल्लाका माझीहरूले कोशीपर्व मनाउन मेलम्ची –१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोशीपर्व भव्यरूपमा मनाउँदै आएको स्थानीय पूर्ण माझीले बताउनुभयो ।

    माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् । लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो ।

    नदी र प्रकृति दोहनसम्बन्धी चित्रकला प्रदर्शन

    चित्रकार तथा कलाकार विजेन्द्र श्रेष्ठले मेलम्ची–१२ बाहुनेपाटी बगरमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । चित्रमा आजभोलि आधुनिकीकरणका नाममा प्रकृतिलाई कुरुपतातिर धकेल्दै गरेको अवस्थालाई चित्रण गरिएको छ । अस्तित्व नामक चित्रमा इन्द्रावती नदी दोहन, सडकलगायत अन्य संरचना बनाउने नाममा दिनप्रतिदिन भइरहेको प्रकृति दोहनको विरुद्ध श्रेष्ठले कोशी पूजाको अवसरमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको हो ।

    उहाँले नेपाल प्राकृतिक सुन्दर अनुपम नमूना मुलुक रहेको भन्दै हामी सबै प्राणीहरू प्रकृतिका अभिन्न अङ्ग रहेको र प्रकृतिबिना हाम्रो अस्तित्व सम्भव नभएको चित्रमार्फत प्रस्तुत गर्नुभएको छ । “प्रकृतिलाई केही कसैगरी शृङ्गार गर्न पर्दैन, यो आफँैमा सुन्दर छ । हामीले सजाउने र बनाउने बाहनामा बिनाश निम्त्याइरहेका छौँ । आधुनिकीकरणका नाममा हामी कुरुपतातिर धकेल्दैछौँ”, श्रेष्ठले भन्नुभयो । इन्द्रावतीको सुन्दरता स्वच्छ र स्वतन्त्र भएर बगेको परिदृश्य अझै पनि आफ्नो मस्तिष्कमा स्पष्ट रहिरहेको भन्दै उहाँले बाल्यकालको हरेक मधुर आवाजसँग रम्ने गरेको स्मरण गर्नुभयो ।

    पछिल्लो समय इन्द्रावती नदी र किनारमा भइरहेको दुर्दशा देख्दा पश्चाताप बोध गराउने श्रेष्ठले भन्नुभयो । विकासको निमित्त इन्द्रावतीको छातीमा मानवनिर्मित ठूला डोजर सलबलाइरहेको देख्दा त्यो बाल्यकालसँग जोडिएको इन्द्रावतीको सम्झना दिलाउने उहाँले बताउनुभयो । मृग, चराचुरुङ्गी र माछा नाचिरहने ठाउँमा आज डोजर र गाडी गुडिरहँदा आफ्नै शरीरमाथि दौडिरहेको जस्तो भान हुने भन्दै श्रेष्ठले एक कलाकारको नाताले लुकेर रहेको पीडा आफ्नो क्यान्भासमा रङको मध्यमबाट दर्शाउने प्रयास गरेको बताउनुभयो ।

    चित्रको मेलम्ची नगरपालिकाका प्रमुख तामाङ, उपप्रमुख प्रधान, वडाध्यक्षलगायत स्थानीयले अवलोकन गर्नुभयो । अवलोकनपछि नगरप्रमुख तामाङले यहाँको विगतको सुन्दरतालाई झल्काउँदै तयार पारिएको चित्रले नगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले आगामी दिनमा यहाँको प्रकृतिलाई जोगाउँदै कसरी अगाडि बढ्ने र कसरी व्यवस्थापन गर्दै अगाडि बढ्ने भन्ने कुरामा आफू लागिरहेको बताउनुभयो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.