• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

न्यायाधीश पहिलो अनुसन्धानकर्ता होः महान्यायाधिवक्ता पोखरेल

  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले जुनसुकै मुद्दाको पनि न्यायाधीश पहिलो अनुसन्धानकर्ता भएको बताउनुभएको छ । चितवन जिल्ला अदालत बार एसोसिएसनले स्वर्ण महोत्सवका अवसरमा आज आयोजना गरेको ‘न्याय सम्पादन प्रक्रियामा अनुसन्धानकर्ता, अभियोजनकर्ता, प्रतिरक्षा कानुन व्यवसायी र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अनुसन्धानकर्ताबाट त्रुटि भए सबै प्रक्रियामा नै त्रुटि हुने बताउनुभयो ।

    महान्यायाधिवक्ता डा पोखरेलले भन्नुभयो, “अनुसन्धानमा त्रुटि भए अभियोजन र निर्णयमा पनि त्रुटि हुन्छ । जसका कारण पहिलो न्यायाधीश भनेको नै अनुसन्धानकर्ता हो । तसर्थ त्रुटिरहित तरिकाले अनुसन्धानलाई अघि बढाउनु अनुसन्धानकर्ताको पहिलो दायित्व हो ।” अनुसन्धानकर्ताले पहिलेदेखि नै सही तवरले अनुसन्धानलाई अघि बढाउन जरुरी रहेको उहाँको भनाइ छ ।

    अनुसन्धानका क्रममा देखिने त्रुटि अन्त्य गर्नका लागि समिति बनाएर अध्ययन सुरु गरिएको बताउँदै महान्यायाधिवक्ता डा पोखरेलले सहन्यायाधिवक्ताको नेतृत्वमा अहिले काम भइरहेको जानकारी दिनुभयो । वर्तमान कानुन र सर्वमान्य प्रणालीलाई टेकेर काम गर्न सके न्याय दिन सहज र सरल हुने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “हतार र आवेशमा निर्णय गर्नु हुँदैन ।”

    अर्धन्यायिक निकायहरुले समेत न्याय दिने क्रममा घटनाको गाम्भीर्यता र प्रकृति हेरेर काम गर्नुपर्ने पोखरेलले बताउनुभयो । न्याय दिने काम महत्वपूर्ण रहेको भन्दै उहाँले न्याय सरल नभएको बताउनुभयो ।

    जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञावलीले पछिल्ला समयमा अभियोजनमा सुधार भएको बताउनुभयो । अझै सुधार गरेर न्याय निरुपणलाई सहज बनाउन सकिने उहाँको भनाइ छ । कार्यविधिमा जटिलता भएको भन्दै उहाँले अनुसन्धानकर्ताले वास्तविकता पहिचान गरेर मात्रै अभियोजन दर्ता गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले देखिएका समस्यालाई समाधान गर्दै न्यायप्रणालीमा सुधार गर्न आवश्यक छ ।”

    प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले पछिल्लो समयमा देखिएका ‘मिडिया ट्रायल’ले न्यायिक निकायलाई असर गरेको बताउनुभयो । न्यायिक क्षेत्रमा दक्ष जनशक्ति नहुनु र मिडियाका कारण न्याय सम्पादनमा असर परेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा उच्च अदालत सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता ईश्वरी ढकाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमाल, जिल्ला अदालत चितवनका स्रेस्तेदार विष्णु आचार्य, नेपाल पत्रकार महासङ्घ चितवन शाखाका उपाध्यक्ष प्रकाशमणि ज्ञावली, जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल लगायतले न्याय सम्पादन र यसका प्रक्रियामा भएका समस्याका बारेमा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

    चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष खगराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्याय सम्पादन प्रक्रियामा अर्धन्यायिक निकायको भूमिका, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले निकुञ्जमा भएका न्यायिक निरुपण र डिभिजन वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले वन कार्यालयमा भएका न्यायिक निरुपणका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.