• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

पत्रकार प्रविधिमैत्री बन्नुपर्छ : सञ्चार सचिव सुवेदी

  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पत्रकारले बदलिँदो समय र परिवेशलाई आत्मसात् गर्दै सूचना प्रविधिमैत्री बन्न जरुरी रहेको खाँचो औँल्याउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको कर्मचारी सेवा प्रवेश अभिमुखीकरणको आज समापनका अवसरमा उहाँले आधुनिक सूचना प्रविधिको तीव्र विकासले सञ्चारमाध्यमलाई पनि रुपान्तरण गरेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “राससको समाचार सेवालाई पनि आधुनिक सूचना प्रविधिमैत्री बनाउन जरुरी छ, मिडियामा पनि प्रविधि र काम गर्ने तौरतरिका परिवर्तन भएको छ ।

    प्रविधि मात्रै नभएर अहिले सबै क्षेत्रमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रभाव छ । यो ‘मेनुअल’ काम गर्नेलाई चुनौती हो, अब, मेनुअल काम गर्नेले टेक्नोलोजीसँगै नहिँडे सुख छैन, त्यसैले तपाईंहरुले पनि आफूलाई सोही अनुरुप रुपान्तरण गर्नुपर्छ ।” सचिव सुवेदीले समाचार अत्यन्तै संवेदनशील विषय भएकाले आम पाठक एवं सरोकारवालाको सर्वोपरि हितलाई ध्यानमा राखेर सचेत भई सत्यतथ्य, वस्तुनिष्ठ र सन्तुलित ढङ्गले समाचार सम्प्रेषण गरिनुपर्नेमा जोड दिनुभयो ।

    “सूचना प्रवाह गर्दा ध्यान पु¥याइएन भने देश, समाज र जनतालाई हानि गर्छ । त्यसैले अत्यन्त संवेदनशील हुनुपर्छ । झुटा समाचारबाट बच्नुपर्छ । प्रतिस्पर्धाको अहिलेको समयमा समाचार प्रमाणीकरण गरी संवेदनशील भएर समाचार सम्प्रेषण गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । सचिव सुवेदीले ज्ञान र सीपलाई मनोवृत्तिसँग परिणत गरेर सकारात्मक रुपमा पेसागत उच्च व्यावसायिकता र संस्थागत सुदृढीकरणमा समेत जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले सीमित स्रोत, साधन र विविध चुनौतीबीच पनि राससले पछिल्लो चरणमा राम्रा र नतिजामुखी काम गरिरहेकामा प्रशंसा गर्दै आगामी दिनमा राससले गर्ने कामप्रति समन्वय र सहजीकरणका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

    सचिव सुवेदीले अभिमुखीकरणमा सिकेका ज्ञानलाई सकारात्मक सोचका साथ व्यवहारमा उतारेर संस्थागत विकासमा योगदान गर्न पनि आग्रह गर्नुभयो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दक्ष जनशक्ति र स्रोतसाधनको भरपुर उपयोग गर्दै राससको सेवालाई थप चुस्त र प्रभावकारी बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्छ भन्नुभयो । उहाँले सञ्चारजगत्मा अनेकाँै चुनौतीसँगै प्रशस्त सम्भावना पनि रहेको जनाउँद आधुनिक सूचना प्रविधिको उच्चतम् प्रयोग गर्दै राससको सेवालाई सोही अनुरुप समयसापेक्ष बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “पछिल्लो दिनमा राससको महत्व र सान्दर्भिकता दिनानुदिन बढ्दै गइरहेको छ, राससको सेवालाई पनि सोही अनुरुप थप प्रभावकारी बनाउन विभिन्न प्रयास गरिएको छ ।” दुईदिने अभिमुखीकरणमा विभिन्न विषयमा विज्ञ एवं सरोकारवालाले प्रशिक्षण दिनुभएको थियो । सरकारी सञ्चारमाध्यममा अवसर र चुनौती विषयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इं, सार्वजनिक प्रशासन र सञ्चार विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव रमेश पाण्डेयले प्रस्तुति दिनुभयो ।

    त्यसैगरी, राससका कार्यकारी अध्यक्ष झाले राससको समग्र अवस्था र गरिएका कामबारे अवगत गराउनुभएको थियो । महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धकत्रय राजु शाक्य, श्यामप्रसाद रिमाल र सोमनाथ लामिछाने, रासस सञ्चालक समिति सदस्यद्वय कृष्ण अधिकारी र डिल्लीराम भट्टराई, राससका प्रमुख समाचारदाता उत्तम सिलवाल, राससका प्रशासन प्रमुख शीतलप्रसाद महतो र लेखाप्रमुख रुद्रमणि अधिकारीले सेवाबारे प्रस्तुतिसहित प्रशिक्षित गर्नुभएको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.