• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

चितवनमा ४३ जना पत्रकारलाई पुरस्कार एवम् सम्मान

  •   शनिबार, चैत २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले भव्य समारोहको आयोजना गरी ४३ जना पत्रकारलाई सम्मान एवम् पुरस्कार वितरण गरेको छ । विसं २०५६ अगाडि नेपाल पत्रकार महासङ्घको सदस्यता लिएर क्रियाशील एवं पूर्व अध्यक्ष गरी ३४ जना पत्रकारलाई सम्मान एवं विभिन्न विधामा नौ जनालाई पुरस्कृत गरिएको हो । शनिबार भरतपुरमा आयोजना गरिएको अग्रज पत्रकार सम्मान एवं पुरस्कार वितरण समारोहमा भरतपुर महानरपालिका प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेललगायतले पत्रकारहरुलाई सम्मान एवम् पुरस्कृत गर्नुभयो ।

    पत्रकार महासङ्घमा आबद्ध भएर पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ३४ जना पत्रकारलाई ताम्रपत्र, प्रमाणपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको पत्रकार महासङ्घ चितवनका अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए । त्यसैगरी पत्रकारको लेखनकला वृद्धि तथा हौसला प्रदान गर्न नौ जना पत्रकारहरुलाई रु १० हजारदेखि रु ५१ हजार राशिसम्मको पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको अधिकारीको भनाइ छ ।

    महासङ्घले स्थापना गरेको ५१ हजार १११ रुपैयाँ राशिको मैयादेवी पत्रकारिता पुरस्कार–२०८० बाट सृजना अर्याल, ५० हजार ५१ रुपैयाँ राशिको अनन्त गङ्गा पत्रकारिता पुरस्कार–२०८० बाट चाँदनी हमाल पुरस्कृत हुनुभएको छ । त्यस्तै, ११ हजार ३११ रुपैयाँ राशिको तिलचन साँखी पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारलाई पुरस्कृत गरिएको छ । यो पुरस्कार शालिग्राम नेपाल, विमल खतिवडा र टीकादत्त तिमिल्सिनालाई प्रदान गरिएको अधिकारीले बताए । त्यसैगरी, औद्योगिक पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत भएका छन् ।

    ११ हजार १११ रुपैयाँ राशिको यस पुरस्कारबाट सन्तकुमार चौधरी र हीरालाल गुरुङ पुरस्कृत भएका अधिकारीले जानकारी दिए । त्यस्तै ११ हजार १११ रुपैयाँ राशिको बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट केशु लामिछाने र १० हजार १११ रुपैयाँ राशिको श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट प्रतिमा कुमाल सम्मानित भएका अधिकारीले बताए । सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अग्रज पत्रकारहरुले पु¥याएको योगदानको स्मरण गर्दै उनीहरुलाई सम्मान गर्नु ऐतिहासिक काम भएको बताइन् ।

    दाहालले पत्रकारहरुलाई सत्य र तथ्यमा आधारित खोजमूलक पत्रकारिता गर्न आग्रह गर्दै पत्रकारहरुले गलत हुन नदिन खबरदारी गर्नुपर्ने धारणा राखिन् । पत्रकारहरुबाट महानगरपालिकाका काम कारबाहीप्रति सचेत बनाउने र खबरदारी गर्ने काम भइरहेको भन्दै आफू सधैँ स्वतन्त्र प्रेसको पक्षमा रहेको बताइन् । भरतपुर महानगरपालिकाले पत्रकार तथा सम्बद्ध सङ्घसंस्थालाई विभिन्न पक्षबाट सहयोग गर्दै आइरहेको भन्दै पत्रकार सक्षम भएमा देश समृद्ध हुने बताइन् ।

    पछिल्लो समय समाज नकारात्मकतातर्फ उन्मुख भइरहेको भन्दै दाहालले समाजमा केही हुन सकेन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताइन् । समाजमा भ्रम छर्नेहरुको विरुद्धमा पत्रकारहरुले यथार्थ विषयवस्तु बाहिर ल्याउन मद्दत गर्नुपर्ने दाहालको भनाइ छ । त्यस्तै, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रको विश्वनियता वृद्धि गर्न पत्रकारहरुनै लाग्नुपर्ने बताए । प्रेस स्वतन्त्रता हननका घटनाहरुमा कमी नआएको भन्दै यसतर्फ राज्य र सम्बद्ध सबै पक्ष सजक हुनुपर्नेमा पोखरेलले ध्यानाकर्षण गराए । नेपालमा विभिन्न समयमा भएका घटनाहरु अध्ययन गर्दा अझै पनि पत्रकारिता क्षेत्रमा खतरा देखिएको पोखरेलको भनाइ छ ।

    कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले मुलुकमा भएका हरेक परिवर्तनमा पत्रकारहरुको भूमिका उल्लेखनीय भएको स्मरण गरे । पत्रकारहरुकै सहयोगका कारण मुलुकमा दोस्रो जनआन्दोलन सफल भएर गणतन्त्र स्थापनामा मद्दत पुगेको भन्दै अधिकारीले प्रविधिको प्रयोग गर्दै पत्रकारहरु अघि बढ्नुपर्ने धारणा राखे । पछिल्लो समय भाइरल कन्टेटका पछाडि पत्रकारहरु कुद्न खोजेको जस्तो देखिने गरेको भन्दै त्यस्तो हुँदा पत्रकारिताको मर्म हराउनसक्ने खतरातर्फ अधिकारीले सचेत बनाए ।

    कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका पूर्वअध्यक्ष जनक अर्याल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोणबाबु सिवाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्ण भुसाल, नेकपा (एकीकृत समाजवादी) पार्टी चितवनका अध्यक्ष कृष्णराज न्यौपाने, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवाष पण्डित, प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्यप्रसाद पाठक, समाजवादी प्रेस सङ्गठन चितवनका अध्यक्ष टीकादत्त तिमिल्सिनालगायतले पत्रकारहरुले स्वतन्त्ररुपमा पत्रकारिता गर्न पाउनुपर्ने बताएका थिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घले प्रकाशन गर्दै आएको स्मारिका ‘पत्रकारिता चितवन’ र सम्मानित ३४ जना पत्रकारहरुको बायोग्राफी समावेश गरेर प्रकाशन गरिएको ‘योगदान’ पुस्तकसमेत सार्वजनिक गरिएको थियो । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए ।

     

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.