चितवन । चितवनमा ट्रक र टिप्पर ठक्कर खांँदा ४ जना घाईते भएका छन । दुर्घटनाबाट घाईते हुनेहरुमा ट्रकमा सवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का ट्रक चालक साजन मगर, सोही ठाउंँकै रमेश चौलागाईं र राप्ती नगरपालिका वडा नम्बर २ का अमित थापा मगर र टिप्परमा सवार सहचालक मनहरी गाउंँपालिका वडा नम्बर ६ का पुकार राई रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ७ बजेतिर राप्ती नगरपालिका वडा नम्बर १ स्थित पूर्वपश्चिम राजमार्गमा लोथरबाट भण्डारा आउंँदै गरेको ना ७ ख ४५७८ नम्बरकाृ टिप्पर र विपरित दिशातर्फ जांँदै गरेको ना ८ ख ४०९३ नम्बरको ट्रक आपसमा ठक्कर खांँदा उक्त दुर्घटना भएको हो । घाईते सबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
घाईते मध्ये अमित थापामगरको अवस्था सामान्य र अन्यको मध्यम रहेको प्रहरीले जनाएको छ । टिप्पर चालक फरार रहेको र खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।








