चितवन । नारायणगढ मुग्लिङ्ग सडक खण्ड अन्र्तगत कालीखोलामा मिनी ट्रक दुर्घटना भएको छ । रुकुमबाट काठमाण्डौ तर्फ आउदै गरेको रा १ ख २४०२ नम्बरको खसी बोकेको ट्रक आज बिहान दुर्घटना भएको हो ।
मुग्लिन प्रहरीका अनुसार मुग्लिन–नरायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित कालीखोलामा पुल निर्माणको लागि थुपारिएको ढुङ्गामा ठोक्किएर ट्रक दुर्घटना भएको हो ।
ट्रकमा ४ जना सवार रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।








