• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

  •   शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले घरखर्च कसरी चलाउने भन्ने पिर छैन । पाँच वर्ष यहाँ घरबास सञ्चालन गरेर प्राप्त भएको आम्दानीले उहाँलाई आत्मनिर्भर बनाएको छ । पाँच वर्षअघि कावासोती–१० मा चिलाहा रतवल सामुदायिक ग्रामीण घरबास सञ्चालन भएपछि महतोजस्तै यहाँका महिलाको क्षमता विकाससँगै आर्थिक विकासमा समेत सहयोग पुगेको छ । “पहिले केही खेतीपातीबाट आम्दानी हुन्थ्यो, त्यसैको भर थियो, अहिले घरबास सञ्चालनपछि पाहुनाको स्वागत गर्यो, आम्दानी पनि भएकै छ”, घरबास सञ्चालक रेशमकुमारी महतोले भन्नुभयो ।

    घरबासमा आउने पाहुनालाई थारू संस्कृति प्रस्तुत गर्ने, थारू समुदायका परिकार खुवाउने र त्यसैबाट आम्दानी हुने गरेको उहाँले बताउनुभयो । घरबास सञ्चालनले आम्दानीसँगै महिलाको क्षमता विकासमा सहयोग पुगेको छ । खेतीपाती, पशुपालनमा रमाउने महिला अहिले पाहुनाको स्वागतमा व्यस्त हुन्छन् । “पहिले खासै अरुसँग राम्रोसँग बोल्न पनि लाज लाग्थ्यो, तर अहिले नबोली व्यवसाय चल्दैन, घरबासले बोल्न पनि सिकायो”, रेशमकुमारीले भन्नुभयो ।

    बालकुमारी र रेशमकुमारी जस्तै घरबास सञ्चालन गर्ने अन्य महिलामा समेत यो परिवर्तन आएको छ । घरबास सञ्चालन भएपछि यहाँका महिलाको क्षमता विकासमा मात्रै होइन आत्मनिर्भर बन्न र गाउँकै विकास गर्न टेवा पुर्याएको छ । थारू समुदायको बाहुल्य रहेको चिलाहा गाउँ, सदरमुकाम कावासोतीमै पर्ने भएपनि पिछडिएको थियो । निम्न आयश्रोत र मध्यवर्ती नजिकै पर्ने हुँदा जंगली जनवारले दुख दिने अन्नबाली लगायो । गैंडा मयुर बँदेलले खाइदिने, पशुपक्षी अजिंगर, स्याल लगायतका जनवारले खाइदिने ।

    जसका कारण पनि यहाँका समुदायको जीवन स्तर माथि उठ्न सकेको थिएन । तर घरबास सञ्चालन पछि अहिले गाउँको मुहार फेरिएको र समुदायको जीवन स्तर पनि माथि उठेको रेशम कुमारी महतोले बताउनुभयो । घरबास सञ्चालनको सबैजसो जिम्मा महिलाकै हातमा छ । पाहुनाको स्वागत, खानपानदेखि सांस्कृतिक प्रस्तुतिलगायत काम महिलाहरू मिलेर गर्छन् । पुरुषले पनि उनीहरूलाई सघाउँछन् । घरबासमा अहिलेसम्म आन्तरिक र बाह्य गरी ११ हजार हाराहारी पर्यटकको आगमन भएको घरबासका व्यवस्थापक प्रेमबहादुर मुखियाले बताउनुभयो । यहाँ आउने पाहुनाले घरकै स्वाद र घरमै बसेजस्तो अनुभव गर्न पाउँछन् ।

    अर्कातर्फ गाउँबस्तीमा पसेर दुःख दिने जङ्गली जनावर देखाएरसमेत आम्दानी गरेका छन् । यहाँ पर्यटकको अर्को आकर्षण भनेको जिप सफारी हो । मध्यवर्ती क्षेत्रमा गैँडा, मृग, हरिण, बँदेल, मयुर, नारायणी नदीमा गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी सफारीमा देख्न पाइन्छ । प्रकृति र संस्कृतिको संरक्षण गर्दै समुदायको विकास र जीवनस्तर उकास्ने घरबास सहयोगी भएको कावासोती–१० का वडाध्यक्ष टेकनारायण महतोले बताउनुभयो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.