• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

रतपुर अस्पतालका अवैध क्रियाकलाप, वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनले १७ बुँदे समस्या र सुधार गर्नु पर्ने विषयसहित भरतपुर अस्पतालमा एक विज्ञप्ति बुझाएको छ । अस्पतालका मेसु डा श्रीराम तिवारीलाई अध्यक्ष हरि आचार्यको नेतृत्वमा गएको टोलीले विज्ञप्ति बुझाउँदै ध्यानाकर्षण जनाएको हो ।

    जिल्ला अध्यक्ष हरि आचार्यद्वारा जारी विज्ञप्तिमा अस्पतालभित्रको चरम राजनैतिक खिचातानी, वेथिति र व्यवसाय केन्द्रीत गतिविधिले सेवाग्राहीहरू समस्यामा परेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘देशभरबाट स्वास्थ उपचारको लागि हजारौं मानिसहरू आउने चितवन जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पताल भित्रको चरम राजनैतिक खिचातानी, वेथिति र व्यवसाय केन्द्रित गतिविधिले सेवाग्राहीहरु समस्यामा परेका छन् । अस्पताल भित्रका अवैध गतिविधि र व्यथितीहरुलाई अनेरास्ववियु जिल्ला कमिटी चितवनले केही समय अगाडिदेखि नजिकबाट शुक्ष्म रुपमा नियालिरहेको छ । अस्पतालका गतिविधि, समस्या र समाधानको लागि हाम्रो संगठनले निम्नलिखित बुदामा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउदछौं ।’

    अनेरास्ववियुको शान्तिपूर्ण आग्रहको वेवास्ता गरिएमा जस्तोसुकै सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी अनेरास्ववियुले दिएको छ । विज्ञप्ति बुझ्दै अस्पतालका मेसु डा तिवारीले अनेरास्ववियुले उठाएका अधिकांश समस्याहरु अस्पताल रहेका स्वीकार गर्दै त्यसलाई सुधार गर्न आफू निरन्तर लागिरहेको बताए । आफू मेसु भएर आएको ५ महिना भएको र त्यस यता यी समस्या समाधान गर्न दैनिक डायरी बनाएरै लागेको उनको भनाइ छ । यस्तो छ अनेरास्ववियु चितवनले अस्पताललाई बुझाएको १७ बुँदे समस्या र सुधार गर्नु पर्ने विषय, जस्ताको तस्तै :-

    १) विगत १ बर्ष अगाडि देखि अनियमित ढंगले विना सुचना नियुक्ति भएका झण्डै ७५ जना कर्मचारी कुन कुन दरवन्दि, योग्यता र पदमा नियुक्ति भएका छन्, तत्काल छानवीन गरि नियुक्ति दिने दोषीउपर कार्वाही गरि नियुक्ति खारेज गर्नुपर्ने ।

    २) भरतपुर अस्पताल फार्मेसीमा स्वास्थ बीमा सेवा लिने विरामीलाई अति आवस्यक पर्ने जीवन रक्षक औषधि तथा सर्जिकल जन्य सामाग्रीहरू उपलब्ध नगराई अभाव सृजना गराईएकोले किन कृतिम अभाव सृजना गरियो ? फार्मेसी संचालक / व्यवस्थापन गर्ने माथि छानवीन गरि आवस्यक कार्वाही गर्नुपर्ने । औषधि सहज रूपमा वितरण हुनुपर्ने । ३) अस्पतालमा टेण्डर मार्फत र सिदा खरिद गरिएका सामाग्रीहरू गुणस्तरहिन र मापदण्ड विपरीत भएकोले तत्काल छानवीन गरि दोषीमाथि कार्वाही गर्नुपर्ने ।

    ४) अस्पताललाई आवस्यक पर्ने कम्प्युटर सहायक लगाएतका पद सम्वन्धित विषयको योग्यता भन्दा बाहिरको ठेकेदार तर्फ बाट र आफुखुसि आफन्तको आधारमा अस्पतालमा अस्थायी करारमा नियुक्ति गरेको पाईएकोले तत्काल त्यस्ता नियुक्ति खारेज गरि संम्वन्धित योग्यताका कर्मचारी सार्वजनिक सुचना निकालेर परिक्षा प्रणाली मार्फत नियुक्ति गर्नुपर्ने ।

    ५) कम्प्युटर सहायक भनि नियुक्त गरेका कर्मचारीहरूको उक्त काम सग सम्वन्धित शैक्षिक योग्यता वा तालिम सम्म पनि नभएको, कम्प्युटर र काम बारे पनि जानकारी नभएको व्यक्ति लाई ठाडो नियुक्ति दिएकोले यस्ता नियुक्ति खारेज गरि नियुक्ति दिने व्यक्ति माथि कार्वाही गर्नुपर्ने ।

    ६) अस्पतालमा २०८० फाल्गुन २१ गते चेक जाच गराउदा विरामीलाई अप्रेसनको लागि १ बर्ष पछिको मिति (२०८१ माघ २६ गते) दिईएको विषयले विरामीको स्वास्थ्य माथि चरम खेलवाड भएको छ । जनताको स्वास्थ्यमा खेलवाड किन भयो ? छानवीन गरि सेवाबाट बर्खास्ती गर्नुपर्ने ।

    ७) भरतपुर अस्पताल भित्र संचालनमा रहेको नर्सिङ कलेजलाई हालसालै विकास समितिबाट निर्णय गरि अस्पताल परिसर भन्दा बाहिर कुनै घर भाडामा लिई चलाउने गरि तत्काल घर भाडाको लागि टेण्डर आह्वानको तयारी भएको कुरा बुझिन आएकोले यस्तो प्रकारको गलत कार्य नगर्न / नगराउन अनुरोध गर्दछौं ।

    ८) जनता एवम् सेवाग्राहीलाई स्वास्थ विमाबाट प्राप्त हुने बास्तविक भएको औषधि संख्या कति र कुन कुन हुन ? हाल कति प्रकारका कुन कुन औषधि उपलब्ध छन् ? सार्वजनिक गरि विमामा प्राप्त हुने तर लामो समय देखि फार्मेसीमा नपाईएको, डाक्टरले लेखाएको विमामा पाईने ६ वटा मध्ये २ वटा औषधि मात्रै पाईने र अरू नपाईने बारे आवस्यक जाचबुझ गरि कार्वाही गर्नुपर्ने ।

    ९) टेण्डर भएको औषधि तथा सर्जिकल जन्य सामाग्रीको संख्या र फार्मेसीमा उपलब्ध रहेको औषधि हरेक हप्ता सार्वजनिक गर्नुपर्ने ।

    १०) गरीब तथा विपन्न परिवारलाई निशुल्क रूपमा वितरण गर्ने औषधि कति प्रकारको कुन कुन रहेको छ? कुन औषधि टेण्डर भयो र कुन औषधि कति मात्रामा रहेको छ? हरेक हप्ता सार्वजनिक गरि निशुल्क औषधि पाउने काउन्टर २४ सै घण्टा खोल्नुपर्ने ।

    ११) करार सेवाका कर्मचारीहरूलाई नियम विपरीत लामो विदा स्विकृत गर्ने गरिएको पाईएको छ । लामो विदाले जनतालाई स्वास्थ सेवामा असर पर्ने भएकोले आवस्यक छानवीन गरि कार्वाही गर्नुपर्ने ।

    १२) विगत लामो समयदेखि अस्पतालको ल्यावमा रहेको मेसिनहरू ब्याकअपको नाममा सिदा खरिद गरि कुनै डोनेशनको नाममा भित्राईएको जानकारीमा आएकोले यो नियम विपरीत रहेको र रि एजेन्टको खेलमा गरिएको कार्य तत्काल बन्द गरि नयाँ मेसिन के कति कारणले विना टेण्डर भित्राईयो? यसबारे छानवीन गरि आवस्यक कार्वाही गर्नुपर्ने ।

    १३) ल्याबको Biocamesty Analyzer BS 480 क्षमता भैरहेकोमा कुनै कानुनी प्रक्रिया पुरा नगरी सिदै दोब्बर क्षमताको Fully Automatic Bio Camesty Anacazyer मेसिन राखिएको छ । उक्त मेसिन कुन प्रक्रियाबाट कसरी रिएजेन्ट मार्फत खरिद गरिएको छ? तत्काल सार्वजनिक गर्नुपर्ने ।

    १४) अस्पताल भित्रको ल्याब घाटामा रहेको कुरा बाहिर जनमानसमा हल्ला फैलिएकोले ल्याब नाफा वा घाटामा रहेको छ ? सार्वजनिक गर्नुपर्ने ।

    १५) ल्याबमा बारकोड सिस्ट लागु भएता पनि कर्मचारीले प्राइभेटबाट संकलित नमुना ल्याई हाल्ने गरेको कुरा जानकारीमा आएकोले रिपोर्ट रि एजेन्टको रेसियो तत्काल हेरि चुहावट भएको खण्डमा चुहावट रोकि आवस्यक कार्वाही गर्नुपर्ने ।

    १६) टेण्डर भएको सर्जिकल जन्य सामान गुणस्तर परिक्षणको नाममा लो व्रिडर लाई नदिई माथिल्लो व्रिडरलाई टेण्डर पारेको देखिन आएकोले व्यक्तिगत लाभको लागि गरिएको उक्त कार्यको छानवीन गरि दोषीउपर कडा कार्वाही गर्नुपर्ने ।

    १७) अस्पतालमा खरिद भएको सरसफाइ जन्य सामाग्री, स्टेसनरी, टेप, गज, कटन र कम्प्युटर जन्य सामान स्पेकमा लेखिए अनुसार नभएको सुचना पाईएकोले तत्काल छानवीन गरि कार्वाही गर्नुपर्ने ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.