• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

वडाबाटै योजनाको सम्झौता र भुक्तानी

  •   सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले वडाबाटै योजनाको सम्झौता र भुक्तानी दिन थालेपछि उपभोक्ता समितिलाई सहज भएको छ । सम्झौता र भुक्तानीका लागि घण्टौँ धाएर गाउँपालिका कार्यालय पुग्नुपर्ने झन्झटको अन्त्य भएपछि सहज भएको हो । वडा नं. १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले चालु आर्थिक वर्षदेखि उपभोक्ता समिति मार्फत् सञ्चालन हुने साना योजनाको वडाबाटै सम्झौता र भुक्तानी दिन सुरु गरिएको बताउनुभयो ।

    भौगोलिक विकटताका कारण पटकपटक साना योजनाका लागि पनि गाउँपालिका धाइरहनु पर्दा सास्ती बेहोर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । वडाध्यक्ष रानामगरका अनुसार गाउँपालिका धाइरहनुपर्ने हुदाँ योजनाको निर्माणका लागि उपभोक्ता समितिमा रहेर काम गर्न स्थानीय अग्रसर नहुने समस्या समेत हुने गरेको थियो । गाउँपालिका उपाध्यक्ष माया सिलवालले रु. पाँच लाख सम्मका योजना वडाबाट नै सम्झौता र भुक्तानीको व्यवस्था गरिएको बताउनुभयो ।

    उपाध्यक्ष सिलवालका अनुसार सो साना आयोजनाको अनुगमन पनि वडा समितिबाट नै गर्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो,“हामीले साना पाँच लाख सम्मका योजना वडाबाट नै सम्झौता र भुक्तानीको समेत व्यवस्था गरेका छौँ, ती योजनाको वडा समितिबाट नै अनुगमन हुन्छ, सहजताका लागि प्रत्येक वडामा प्राविधिक राखेका छौँ ।” उहाँका अनुसार उपभोक्ता समितिले योजना निर्माण सम्पन्न भएपछि सबै कागजपत्र वडा कार्यालयमा बुझाउनुपर्नेछ भने आवश्यक प्रक्रिया पुरा भएपछि वडाबाटै भुक्तानी हुनेछ ।

    गाउँपालिकाले योजनाको भुक्तानी वडाबाटै गर्ने व्यवस्था मिलाएर नागरिकलाई गाउँगाउँमा सिंहदरवारको अनुभूति गराउन खोजिएको उपाध्यक्ष सिलवालले सुनाउनुभयो । साथै उपाध्यक्ष सिलवालले योजना निर्माण सम्पन्न गर्नका लागि पूरा गर्नुपर्ने आवश्यक प्रकृयाका बारेमा उपभोक्ता समितिलाई तालिम समेत दिइने गरेको बताउनुभयो । यस आर्थिक वर्षमा गाउँपालिकाबाट उपभोक्ता मार्फत् सञ्चालन भएका ४७ वटा योजनामध्ये अधिकांश योजना सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।

    उपाध्यक्ष सिलवालका अनुसार आर्थिक वर्षको अन्त्यमा काम गर्ने परिपाटीको अन्त्य गर्नका लागि बेलैमा योजना सम्झौता गरी कार्यान्वयन गरिएकोले उपभोक्ता समिति मार्फत् निर्माण हुने काम सकिन लागेको हो । वडा नं. २ का स्थानीय रामबहादुर चेपाङले साना योजनाको सम्झौता र भुक्तानी गर्न पटकपटक गाउँपालिका धाइरहनुपर्ने अवस्थाको अन्त्य भएपछि समयको वचत र आर्थिकभार समेत कम हुने गरेको बताउनुभयो ।

    उहाँका अनुसार साना साना योजना सम्झौता र भुक्तानकिा लागि पनि गाउँपालिका कार्यालय धाइरहनुपर्ने भएकाले उपभोक्ता समितिमा नै बस्न नखोज्ने जस्ता समस्या हुने गरेका थिए । गाउँपालिकामा सात वटा वडा रहेको छ । भौगोलिक विकटताका कारण साना साना योजनाको सम्झौता र भूक्तानीका लागि गाउँपालिका धाइरहनु पर्दा उपभोक्ता समितिले सास्ती बेहोर्नु परेको थियो ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.