• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग गरेका छन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा स्थापित सौराहालाई सरकारले अहिलेसम्म पर्यटन क्षेत्र घोषणा गरी पूर्वाधार निर्माणको काम अगाडि बढाउन नसकेको जनाउँदै व्यवसायीहरुले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारी पहल थालनीका लागि ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

    क्षेत्रीय होटल सङ्घ चितवन सौराहा, रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एसोसिएसन, वल्र्ड एजुकेसन सोसाइटी र साना पर्यटन व्यवसायी संस्थाले संयुक्तरुपमा गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । पर्यटकीय नगरी सौराहासहित समग्र चितवनलाई पर्यटन क्षेत्र घोषणाका लागि कैयौँ पटक ध्यानाकर्षण गराउँदा पनि आश्वासन मात्र पाइएको तर अहिलेसम्म राज्यको निकायबाट सो सम्बन्धी कुनै कारबाही अगाडि नबढेकाले सम्बन्धित मन्त्रालयमार्फत पर्यटन क्षेत्र घोषणाका लागि आवश्यक पहल तथा समन्वय गर्न गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षणपत्र बुझाइएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान सौराहाका अध्यक्ष धु्रव गिरिले बताउनुभयो ।

    देशको अर्थतन्त्रलाई बलियो बनाउनाका साथै स्थानीयलाई रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटनले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा स्थापित सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग गरिएको अध्यक्ष गिरिको भनाइ छ । ध्यानाकर्षणपत्रमा कोरोनापछि पर्यटन क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको उल्लेख गर्दै पर्यटन क्षेत्र घोषणा भए सौराहाको पर्यटन चलायनमान हुने विश्वास व्यक्त गरिएको छ ।

    सौराहा तथा समग्र चितवन भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु पूर्णरुपमा सुरक्षित भई सौराहा तथा चितवन भ्रमण गरी फर्किने वातावरण सिर्जना गर्न सौराहास्थित बछौली प्रहरी चौकी कार्यालयलाई साधन स्रोतको सुविधा सम्पन्न तथा चुस्त–दुरुस्त गराई शान्तिसुरक्षा व्यवस्था कायम गर्न, पर्यटन व्यवसायलाई उद्योगसरह मान्यता प्रदान गर्न, समग्र चितवनवासी तथा पर्यटन प्रवद्र्धनका लागि रात्रिकालीन हवाई उडानको व्यवस्था गरिदिन आग्रह गरिएको छ ।

    साथै चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा पर्यटकहरुलाई लिइने पार्क टिकटको एक दिनको समयावधि अत्यन्तै कम भएको हुँदा यसलाई लम्ब्याइ कम्तीमा पाँच दिनसम्म लागू गर्न आग्रह गर्दै व्यवसायीहरुले जसबाट हाल जम्मा भइरहेको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि हुने विश्वास समेत दिलाएका छन् । ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लामिछानेले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्ने मागका विषयमा आफूले सक्दो प्रयास गर्र्नेे र चाँडोभन्दा चाँडो काम अगाडि बढाउने आश्वासन दिएको अध्यक्ष गिरिले जानकारी दिनुभयो ।

    अध्यक्ष गिरिका अनुसार सौराहामा एक सय ५० होटल तथा एक सयभन्दा रेष्टुरेन्ट त्यसैगरी सफारीमा प्रयोग हुने ६० वटा हात्ती व्यवसायी र लगभग चार सय ८० जना पथप्रदर्शकलगायत चार हजार पाँच सयजना प्रत्यक्ष कर्मचारीले रोजगार, एक सय ५० भन्दा बढी साना पर्यटन व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.