• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

कालिकामा छ हजार पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइँदै

  •   सोमबार, असार ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । चितवनको कालिका नगरपालिकामा भएका पशुलाई लम्पी स्किन विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षको सुरुआतामा जिल्लामा महामारीका रुपमा फैलिएको लम्पी स्किनको सङ्क्रमण आगामी आवमा नफैलियोस् भन्ने उद्देश्यले आइतबारदेखि अभियान सञ्चालन गरेर खोप लागाउन सुरु गरिएको हो ।

    नगरपालिकाका पशु सेवा शाखाका अधिकृत ईश्वरीप्रसाद पौडेलका अनुसार यो अभियानमा पालिकामा भएका गाईभैँसीसहित करिब छ हजार पशुलाई खोप लगाइने छ । गत साउन २५ देखि भदौ १५ गतेसम्म पनि खोप अभियान सञ्चालन गरिएको थियो ।

    नगरभित्रका पाँच हजार आठ सय पशुलाई केही महिनाअघि खोरेत विरुद्घको खोप र बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइसकिएको पौडेलले जानकारी दिनुभयो । कालिकामा किसानको गोठगोठमा पुगेर अन्य समयमा पनि पशुको अवस्थाबारे जानकारी लिँदै आइएको उहाँले बताउनुभयो ।

    किसानका गोठगोठ पुगेर पालिकाका ११ वटा वडामा एकै साथ लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गरिएको पशु सेवा शाखाका अधिकृत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानका लागि पशु सेवा कार्यालय चितवनबाट प्राविधिकसहित दुई हजार पाँच सय मात्रा खोप प्राप्त भएको र बाँकी खोप र प्राविधिक नगरपालिकामार्फत व्यववस्थापन गरिएको छ ।

    अभियानमा पालिकाभित्र रहेका दुग्ध उत्पादक सहकारीको साथ र सहयोग रहेको पौडेलको भनाइ छ । “नगरका तर्फबाट १२ जना प्राविधिक खटाएका छौँ । यहाँका सहकारी र स्थानीय पनि आवश्यक सहयोग गरेकाले खोप अभियान सञ्चालन गर्न सहज भएको छ । किसानको गोठमै पुगेर खोप लगाइरहेका छौँ”, उहाँले भन्नुभयो । अभियान एक सातासम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

    पौडेलका अनुसार चालु आवको सुरुमा कालिकामा लम्पी स्किनको सङ्क्रमणबाट १५ वटा पशु मरेका थिए । कूल पशुको सात प्रतिशतमा यसको सङ्क्रमण भएकोे थियो । “गत साउनमा बेलैमा खोप अभियान थाल्दा धेरै पशुको क्षति हुन पाएको थिएन”, उहाँले भन्नुभयो, “यस वर्ष सङ्क्रमण हुनुअघि नै खोप लगाउँदा सङ्क्रमणको जोखिम कम गर्न सकिने विश्वास लिएका छौँ ।”

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.