• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

अपाङ्गता भएका दश जनालाई उन्नत जातका बाख्रा वितरण

  •   बुधबार, असार २०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाद्वारा ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका दश जनालाई बीउपुँजीको रूपमा उन्नत जातका बाख्रा वितरण गरिएको छ । गाउँपालिका मातहत रहेका पाँचवटा वडाबाट दुई/दुईजना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरिएको हो ।

    अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्य गाउँपालिकाको रहेको स्थानीय अपाङ्गता समन्वय समिति सदस्य सचिव हिरामान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घिरिङ–१ बाट तुलसी कुमाल, बिष्ने दमाई, वडा नं २ बाट पदम थापा, सोमबहादुर दमाई, वडा नं ३ बाट सुकमाया सार्की, मनकुमारी श्रेष्ठ, वडा नं ४ बाट भुरेली कुमाल, सुकमाया कुमाल र वडा नं ५ बाट उमा थापा र ऋतिक श्रेष्ठलाई बाख्रा वितरण गरिएको छ ।

    वडा नं ५ निवासी २८ वर्षीय सङ्गीता नेपाली दुवै खुट्टा टेक्न नसक्ने अशक्त रहेकीले दुईवटा ‘क्यालिपर’ खुट्टा जडान गर्ने पहल भइरहेको श्रेष्ठले बताउनुभयो । योसँगै नेपाली वैशाखीको प्रयोगले सामान्य हिँडडुल गर्न सक्ने हुनुहुने उहाँको भनाइ छ ।

    ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिका लागि राज्यले मासिक भत्ताको व्यवस्था गरेको छ”, समिति सदस्य सचिव श्रेष्ठले भन्नुभयो, “ग र घ वर्गका अपाङ्गता भएकालाई यस वर्षदेखि गाउँपालिकाले आयआर्जनतर्फ उन्मुख गराउन थालेको हो ।” उहाँका अनुसार गाउँपालिकाभित्र दुई सय ८२ जनाले विभिन्न किसिमका अपाङ्गता परिचयपत्र लिइसकेका छन् ।

    ग वर्गका ४९ र घ वर्गका १४ गरी ६२ जना मध्यम र सामान्य किसिमका अपाङ्गता रहेका अपाङ्गता समन्वय समिति सदस्य कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । परिचयपत्रको आधारमा सेवा सुविधा पाउन थालेपछि अपाङ्गता भएका व्यक्तिमा थप उत्साह मिलेको छ । उहाँले भन्नुभयो, “गाउँपालिकाले उदाहरणीय कार्य सुरु गरेको छ, यसबाट अपाङ्गता भएका व्यक्तिले राहतको महसुस गरेका छौँ ।”

    शारीरिक रूपमा अशक्त व्यक्तिको जीवनस्तर उकास्न गाउँपालिकाले पहलकदमी गर्दै आएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार मध्यम र सामान्य गरी ६२ जनाको निःशुल्क स्वास्थ्य बीमा गर्न पालिकाले प्रक्रिया अगाडि बढाइसकेको छ । उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८०/८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न रु चार लाख बजेट विनियोजन गरिएको थियो ।”

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.