हेटौंडा । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले २१औं वार्षिकोत्सवको अवसरमा एक सामुदायिकविद्यालयलाई खेलकुदका सामग्री सहयोग गरेको छ । मनहरी गाउँपालिका–३, स्थित प्रजाआधारभूतविद्यालयलाई आवश्यक खेलकुदका सामग्री सहयोग गरेको हो । एक्सपर्ट हेटौंडा शाखाप्रमुखअच्युतचालिसेले वडा नं.३ का जनप्रतिनिधि हिराबहादुर प्रजा र विद्यालयकाप्रधानाध्यापकतुलबहादुर सुनारलाई उक्त खेलकुदका सामग्री हस्तान्तरण गर्नुभयो ।
एक्सपर्ट शाखाप्रमुखचालिसेले एक्सपर्टको २१औं वार्षिकोत्सवको अवसरमा सामाजिकउत्तरदायित्वनिर्वाह गर्दै विद्यालयलाई सानो सहयोग स्वरुप खेलकुदका सामग्री सहयोग गरिएको बताउनुभयो । उहाँले आगामिदिनमाआवश्यकताको आधारमा यस्तै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । विद्यालयकाप्रधानाध्यापकतुलबहादुर सुनारले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजबाट खेलकुदको सामग्रीपाउँदानिकै खुशीलागेको प्रतिक्रियादिनुभयो ।
उहाँले भन्नुभयो–‘हामीखोज्दै हिड्नुपर्ने ठाउँमा तपाईहरु आफै हामीलाई खोजेर खेलकुदका सामग्री सहयो गर्नुभयो, हामीज्यादै खुशी छौं ।’ उहाँले यस खेलकुदका सामग्रीले विद्यार्थीहरुको सिकाईमाथपसहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पढ्न आउननमान्ने विद्यार्थीहरु पनि खेलकुदको कार्यक्रमले विद्यालयआउन सक्ने भएकाले विद्यालयमा पढ्ने वातावरण समेत तयार हुने बताउनुभयो । एक्सपर्ट हेटौंडाले विभिन्न समयमा सामाजिकउत्तरदायित्वबहनगर्दै सहयोग गर्दै आइरहेको छ ।
एक्सपर्टले बिहीबार विश्वरभर नै ‘एक्सपर्ट डे’ मनाएको छ । सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्मभएको हो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्चशिक्षाअध्ययनकालागिविदेश जानचाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालनगर्दै आइरहेको छ ।








