• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. बिचौलियाको मारमा किसान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

अमेरिकावासी कर्ण गुरुङका परिवारद्वारा दुई चेपाङ विद्यार्थीलाई डाक्टर पढाउने घोषणा

  •   शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । राक्सिराङ गाउँपालिका वडा नं. ५ मा स्थित लोकप्रिय प्राथमिक विद्यालय जुर्लिङमा अध्ययनरत विद्यार्थीका लागि पोशाक तथा सरसफाइ स्वच्छताका सामग्री सहयोग गरिएको छ । अमेरिकाको जर्जियामा बसोबास गर्दै आएका दम्पती कर्ण गुरुङ, प्रेमा गुरुङ र उनीहरुको छोराद्वय सलिन र समिन गुरुङको तर्फबाट बिहीबार उक्त सहयोग उपलब्ध भएको समाजसेवी रेखा तामाङ लोप्चनले  जानकारी दिए ।

    गाउँपालिकाको विकट भेगका चेपाङ विद्यार्थीलाई समाजसेवी तामाङकै सहयोगको अभियानअन्तर्गत गुरुङ परिवारले सो सहयोग गरेका हुन् । गुरुङ परिवारले यसअघि (असार) पनि सोही स्थानमा विद्यालय पोशाक र सरसफाइका लागि भन्दै आर्थिक सहयोग उपलब्ध गराएको थियो । त्यसबेला कर्ण गुरुङ आफैँ आएर विद्यालय र बालबालिकाको अवस्थाबारे बुझेपछि थप सहयोग गरिएको समाजसेवी तामाङले बताइन् । पहिलो चरणमा छुटेकामध्ये ७५ जनाभन्दा बढी बालबालिकालाई पोशाक तथा सरसफाइ सामग्री वितरण गरिएको उनले भने ।

    चेपाङ बालबालिकालाई टिफिन बक्स, पानी खाने बोत्तल, स्याम्पु साबुन, ब्रस, मन्जन लगायत विभिन्न सामग्री दिइएको थियो । सोही अवसरमा गुरुङ परिवारले चेपाङ समुदायको दुई जना बालबालिकालाई स्कुले शिक्षा पूरा भएपछि डाक्टर पढाउन सहयोग गर्नेसमेत घोषणा गरेको समाजसेवी तामाङले जानकारी दिइन् । कार्यक्रममा संविधान सभा सदस्य राजाराम स्याङतान प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको उद्घाटनको क्रममा बोल्दै प्रमुख अतिथि स्याङतानले विकटका विपन्न चेपाङ बालबालिकाको उज्वल भविष्यको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

    उनले सहयोग गर्ने दाताको खुलेर प्रशंसा गरेका थिए । संविधान सभा सदस्य स्याङतानले सम्मान स्वरुप मायाको चिनो समाजसेवी रेखा तामाङ मार्फत सहयोगी दाता (गुरुङ दम्पत्ती) लाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा स्थानीय अगुवा कृष्णबहादुर चेपाङ, सगुन स्याङतान, ज्ञानेन्द्र तामाङ, रामशरण प्रजा लगायतको उपस्थिति रहेको थियो ।

    करिब ८० जना विद्यार्थी रहेको सो विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययनरत छन् । राक्सिराङका विकट भेगमा विपन्न तथा गरिब परिवारको बालबालिकालाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्रीहरुको सधैं अभाव हुने गरेको छ ।

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.