तनहुँ । तनहुँमा माइक्रो वस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएकोछ ।व्यास नगरपालिका–५ मानहुँकोटमा बुधबार बिहानपोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नम्बरको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६ सय मिटर तल खसेको छ ।








