• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  •   मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला तनहुँको दमौलीका दुई युवाले स्वदेशमै केही गर्ने अठोटका साथ सयपत्री फूलखेती सुरु गरेका छन् ।

    व्यास नगरपालिका–४ सिमलटारका गगनसिंह बस्नेत र लक्ष्य अधिकारीले दुई रोपनी जग्गामा सयपत्री फूलखेती गरेर स्थानीयस्तरमै सम्भावना खोज्ने प्रयास गरेका हुन् । तिहार नजिकिँदै गर्दा सिमलटारस्थित खेतमा सयपत्री फूल ढकमक्क फुलेका छन् । पहेँलपुर फूलले खेतको दृश्य आकर्षक बनेको छ भने दुवै युवा आफ्नो मेहनतको प्रतिफल बजारमा पुर्‍याउने तयारीमा छन् ।

    बस्नेत र अधिकारीले खाली रहेको जग्गाको सदुपयोग गर्दै पहिलोपटक फूलखेती सुरु गरेका हुन् । बस्नेतले कार वास सेन्टरसमेत सञ्चालन गर्दै आएका छन् । खाली जग्गालाई उपयोगी काममा लगाउने सोचका साथ फूलखेती सुरु गरिएको बस्नेतले बताए ।

    तिहारजस्ता चाडपर्वमा सयपत्री फूलको माग बढ्ने भए पनि बजारमा बाहिरबाट ल्याइएका फूलको प्रयोग हुने गरेको देखेपछि स्थानीयस्तरमै उत्पादन गर्ने सोच आएको उनको भनाइ छ । आफ्नै ठाउँमा फूल उत्पादन गर्न सकिने सम्भावना देखेर खेती सुरु गरेको उनले बताए ।

    “बाहिरबाट फूल आउने गरेको देख्यौँ । हाम्रो ठाउँमा पनि फूल उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो”, बस्नेतले भने, “बाहिरबाट आउने फूलको सट्टा स्थानीयस्तरमै उत्पादन भएको फूल प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि हामीले खेती सुरु गरेका हौँ ।”

    दुई रोपनी जग्गामा गरिएको खेतीबाट प्राप्त उत्पादन र बजारको मागका आधारमा आगामी दिनमा खेती विस्तार गर्ने योजना रहेको बस्नेतले बताए । पहिलो प्रयास सफल भएमा थप जग्गामा सयपत्री फूलखेती गर्ने उनको योजना छ । यसबाट खाली जग्गाको सदुपयोग हुनुका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीका अवसरसमेत सिर्जना गर्न सकिने उनको अपेक्षा छ ।

    तिहारमा घर, मठमन्दिर तथा विभिन्न स्थान सजाउन सयपत्री फूलको प्रयोग गरिन्छ । यस समयमा फूलको माग बढ्ने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सके किसान तथा उद्यमीलाई लाभ पुग्ने सम्भावना छ ।

    स्थानीयस्तरमै फूल उत्पादन र उपभोग बढाउन सके बाहिरबाट आयात गरिने फूलमाथिको निर्भरता घटाउन सहयोग पुग्ने बस्नेतले बताए । स्वदेशमै सम्भावना खोज्दै फूलखेतीमा जुटेका दुई युवाको प्रयासले स्थानीय उत्पादनको प्रवर्द्धन र खाली जग्गाको सदुपयोग गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.