• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, मङि्सर ०१, २०८३
☰
मङ्गलबार, मङि्सर ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

  • २. भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  • ३. छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

  • ४. डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

  • ५. चौथो राप्ती नदी दिवस मंसिर १ गते मनाइँदै, भीमफेदीदेखि गोलाघाटसम्म सरसफाइ अभियान

  • ६. सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

  • ७. गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

  • ८. भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

  • ९. चितवन राष्ट्रिय निकुञ्जमा ८५ हेक्टर घाँसेमैदान व्यवस्थापन, जीप सफारीमा वन्यजन्तु देख्न सहज

  • १०. पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

  •   मङ्गलबार, मङि्सर ०१, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेसँगै उद्योगले प्रशोधन सुरु गरेको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार भदौ र असोजमा केही दिन आंशिक रूपमा सञ्चालन भएको उद्योगमा कात्तिकदेखि दूधको आपूर्ति बढेको हो ।

    हाल दैनिक ५० देखि ६० हजार लिटर दूध प्रशोधनका लागि आउने गरेको उहाँले बताउनुभयो । विगतका वर्षमा दैनिक ८० देखि ९० हजार लिटरसम्म दूध आउने गरेको थियो । गत वर्ष दूध अभावका कारण उद्योग तीन महिना मात्र बन्द भएको थियो । यस वर्ष भारतीय सीमावर्ती क्षेत्रबाट आउने दूध रोकिएपछि अभाव भएको प्रबन्धक पराजुलीले बताउनुभयो । सहकारी र डेरीले सङ्कलन गरेको दूध सीधै बिक्री गर्न पाएपछि प्रशोधनका लागि उद्योगमा ल्याउन छाडेका कारण पनि आपूर्ति घटेको उहाँको भनाइ छ ।

    किसानबाट सङ्कलित दूध बिक्री नभएपछि सहकारी र डेरीले बचत दूध उद्योगमा ल्याएर प्रशोधन गराउने गरेका छन् । उनीहरूले दूध प्रशोधन गरी धुलो दूध र नौनी उत्पादन गर्दै आएका छन् । दूध आउन छाडेपछि उद्योगले आफैँ दूध खरिद गरेर सञ्चालन गर्ने तयारी गरे पनि पर्याप्त दूध नपाउँदा त्यो सम्भव नभएको पराजुलीले बताउनुभयो । उहाँका अनुसार अहिले चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही र सर्लाहीलगायत जिल्लाबाट दूध आउन थालेको छ । गत वर्ष बिक्री नभएपछि डेरी र सहकारीले उद्योगमा प्रशोधनका लागि ल्याएका नौनी, घ्यू र धुलो दूध अहिले लगिसकेका छन् ।

    ती उत्पादन थन्किएर उद्योगका भण्डारणस्थल भरिएका थिए । अहिले भण्डारणस्थल खाली भएका छन् । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उक्त उद्योगले विसं २०७५ देखि डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्दै आएको छ । उद्योगले प्रतिलिटर दूधबाट धुलो दूध बनाउँदा रु ११३ र प्रतिकिलो नौनी ९बटर० प्रशोधन गर्दा रु ५५ शुल्क लिने गरेको छ । विसं २०६४ मा स्थापना भएको उद्योग विसं २०७२ को भूकम्पपछि बन्द भएको थियो । बन्द हुनुअघि उद्योग आफैँले दूध खरिद गरी प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको प्रबन्धक पराजुलीले बताउनुभयो ।

    चितवनमा लागूऔषधसहित चार जना पक्राउ
    घोप्टेभीरमा मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु
    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

    लोकप्रिय

    • १.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू,

    • २.
      भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

    • ३.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • ४.
      डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

    • ५.
      चौथो राप्ती नदी दिवस मंसिर १ गते

    • ६.
      सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

    भर्खरै

    • १.
      करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छः मुख्यमन्त्री थापामगर

    • २.
      चितवनमा लागूऔषधसहित चार जना पक्राउ

    • ३.
      दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

    • ४.
      घोप्टेभीरमा मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

    • ५.
      नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छः मुख्यमन्त्री पाण्डे

    • ६.
      हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

    • ७.
      स्थानीय तहको निर्वाचन चैत पहिलो साता गर्ने गरी आयोगको तयारी

    • ८.
      चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.