हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । डिसेम्बर २५ अर्थात आज क्रिश्चियन धर्मावलम्बीहरुको क्रिस्मस परेकोले गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिदा दिने निर्णय गरेको जनाइएको छ।बुधबार बसेको गाउँ कार्यपालिका बैठकले क्रिस्मसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाईएको छ ।








