हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको वडा नंबर ७ को वडा कार्यलयमा ताला फोरी चोरी भएको छ । शनिबार राती वडा कार्यलयको ढोकाको ताला फुटाएर क्वारेन्टिनमा प्रयोग भएको ५ थान ब्ल्यान्केट र १६ थान पर्दा चारी भएको साहि वडाका वडा अध्यक्ष डिल्लि प्रसाद घोरासैनीले खबरब्रेकलाई बताए । उनले ब्ल्यान्केट र पर्दा गरेर करिब २५ हजार बराबरको सामान चोरी भएको बताए ।
उनले वडा कार्यलयमा भएको महत्वपूर्ण सरकारी कागजात तथा कम्प्युटर भने चोरी नभएको बताए । उनले भने,‘क्वारन्टिनमा प्रयोग भएको मण्डी र झ्याल ढोकाको पर्दा चोरी भएको छ । शनिबार राति भएको घटनामा चोरले सरकारी कागजात र कम्युटर भने लगेनछ । दुबै सुरक्षीत छ ।’ उनले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए ।








