हेटौँडा । त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका वडा नम्बर –१२ तारुका स्थित सडकखण्डमा वीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको अनटेष्ट मिनिट्रक दुर्घटना भएको छ। अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा ३ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक विरगंज महानगरपालिका वडा नम्बर–१२ बस्ने ३२ बर्षीय लाल बाबु ठकुराई,ट्रकमा सवार विरगंज–१२ का १८ वर्षीय विष्णु दास र ट्रकमा सवार नाम थर उमेर नखुलेको अन्दाजी २४ बर्षीय एक युवक घाइते भएको इलाका प्रहरी कार्यालय कार्यालय पालुङले जनाएको छ।घाइतेहरुलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको जनाइएको छ।








