हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा अन्तर्गत बाराको निजगढ नगरपालिकासंग सिमाना जोडिएको बकैया गाउँपालिकाका वडा नम्बर६ गडुवन,गवरस्थानमा केन्द्रीय प्रसारण लाइन अन्तर्गत ट्रान्सफर्मर जडान गरिएसँगै बत्ती बल्ने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार (आज) निजगढको खोलागाउँ देखि नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत पर्ने बकैया –६ गडुवन,गवरस्थान सम्म नयाँ निर्माण भएको ११ हजार के भि एचटी र एल टी लाइन तथा ट्रान्सफरमरमा लाइन सुचारु कुरा उल्लेख गरेको छ। साथै वितरण केन्द्रले ११ हजार के भि एचटी र एल टी लाइन तथा ट्रान्सफरमरमा लाइन सुचारु गरिनेहुदा पोलको नजिक नजान,पोलमा चढ्ने काम नगर्न स्थानीयलाई भनेको छ।








