• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मकवानपुरमा निर्वाचन तयारी : मतदानस्थल र केन्द्र पुनवलोकन गरिँदै

  •   बुधबार, पुष २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आसन्न निर्वाचनलाई लक्षित गरी जिल्लामा आवश्यक काम अघि बढाएको छ । कार्यालयले मतदानस्थल र केन्द्रको पुनरवलोकन तथा प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कामको तयारी थालेको जनाएको छ । अघिल्लो निर्वाचनमा तय गरिएका मतदानस्थल र केन्द्रको पछिल्लो अवस्था साथै आवश्यक स्थानमा पुनरालोकनका लागि काम अघि बढाइएको जिल्ला मतदानस्थल पुनरावलोकन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो निर्वाचनको अवस्था हेर्दा मकवानपुरमा एउटा मतदानस्थलमा बढीमा आठ हजार २०० सम्म मतदाता सङ्ख्या रहेको थियो । यद्यपि अहिलेको समय सन्दर्भमा मतदातालाई पर्ने पायक स्थानमा व्यवस्थापन गर्ने गरी मतदानस्थल र केन्द्रकोे व्यवस्थापन गरिने योजना रहेको प्रजिअ रिजालले बताए । यसैगरी जिल्लाको सबै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यका लागि काम अघि बढाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । सोअनुसार आगामी माघ १५ गतेदेखि सबै स्थानीय तहमा १०र१० सहायक नाम दर्ता अधिकारी खटाइने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि त्यस विषयमा जिल्ला निर्वाचन कार्यालय मकवानपुर आफ्नो तयारी शुरु गरेको जनाएको हो । आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तय भएसँगै मकवानपुरमा निर्वाचनका निमित्त आवश्यक अन्य तयारी तथा प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मकवानपुरका प्रजिअ गोविन्दप्रसाद रिजालको संयोजकत्वमा रहने जिल्ला मतदानस्थल पुनरावलोकन समितिको बैठकसमेत सम्पन्न भएको बताइएको छ । सो बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरस्थित स्थानीय तहका प्रमुख, जिल्ला सुरक्षाप्रमुख तथा निर्वाचन कार्यालयका कर्मचारीको बैठकमा सहभागिता रहेको थियो ।

    विसं २०७४ मा सम्पन्न निर्वाचनमा मकवानपुरमा १६४ मतदानस्थलमा ३२४ मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार आसन्न निर्वाचनमा मकवानपुर जिल्लामा करीब दुई लाख ७२ हजार ४७८ जना मतदाता हुने प्रारम्भिक अनुमान छ । मतदाता सङ्ख्या तथा दूरीको हिसाबले मतदान केन्द्र तोकिएको थियो । यसअघि निर्वाचन आयोगले मतदान केन्द्रको मापदण्ड निर्वाचन कार्यालयमा पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख पौडेलले बताए । उनले मतदान केन्द्र मापदण्डअनुसार मतदानस्थल परिवर्तन हुन सक्ने भए अर्को बैठकमा पेश गर्ने बसेको समितिको बैठकले निर्णय गरेको जानकारी दिए । माघ १० गतेसम्म स्थानीय तहका राजनीतिक दलका व्यक्ति स्थानीयवासीसँग छलफल गरेर मापदण्डअनुसार मतदान केन्द्र थपघट तथा फेरबदल हुन सक्ने उनले बताए ।

    स्थानीय तहबाट मतदान केन्द्र पायक पर्ने स्थानमा भए अर्थात् मापदण्ड पुग्ने भए मतदान केन्द्र परिवर्तनलाई जिल्ला मतदान केन्द्र पुनरावलोकन समितिले निर्वाचन आयोगलाई सिफारिस गर्नेछ । प्रजिअको संयोजकत्वमा रहने मतदान केन्द्र पुनरावलोकन समितिको बैठक आगामी माघ १० गतेभित्र बस्ने भएको छ । सरकारले निर्वाचनको घोषणा गरेपछि स्थानीय तहमा आमजनताबीच निर्वाचनको विषयमा छलफल तथा विचार विमर्शहरु शुरु भएको पाइएको छ । अहिले सर्वोच्च अदालतमा फैसलाका क्रममा रहे पनि देशलाई राजनीतिक निकास दिन निर्वाचन नै उत्तम विकल्प रहेको हेटौँडावासीको भनाइ छ ।रासस

     

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.