हेटौँडा । गढीगाँउपालिका वडा नम्बर २ खोलेखेतमा भएको घटना आशंकामा एक जना पक्राउ परेका छन।स्थानीय ४६ बर्षीया श्रीमाया गोलेको हत्या आशांकमा निजकै श्रीमान ४६ बर्षीय देवराज गोेले पक्राउ परेका हुन। उनलाई हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।
“हामी अहिले घटनास्थलमै छौ,निजको श्रीमानलाई नियन्त्रणमा लिएको र अहिले घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको छ, अनुसन्धान जारी छ,अहिले ठयाक्कै यही हो भनि हाल्ने अवस्था छैन-डिएसपी रानाले भने। गोले घरमै मृत अवस्थामा फेला परेकी थिइन्।उनलाई श्रीमानलेनै मारेको स्थानियले आरोप लगाएका छन्।








