सांकेतिक तस्बिर
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित ३ गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् । गत पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् ।
स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा भएको हो । चोरी भएका मूर्तिमा दुर्गा, भैरव, कुमार र नारायणको छन् ।








