• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

डम्पिङ साइटबाट सिर्जित समस्या : वातावरणीय प्रदूषणका साथै जनस्वास्थ्यमा नकारात्मक असर

  •   बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्रको डम्पिङ साइट व्यवस्थित हुन नसक्दा फैलिएको दुर्गन्धका कारण वरपरको वातावरणीय प्रदूषण बढ्नुको साथै जनस्वास्थ्यमा नकारात्मक असर परेको छ । हेटौँडा बजार क्षेत्र नजीक डम्पिङ साइट रहेकाले बजारको सौन्दर्यमा समेत असर परेको व्यापक गुनासो पाइएको छ ।

    वन विज्ञान अध्ययन संस्थानको पश्चिम तथा उत्तरपट्टीको वन क्षेत्र र राप्ती खोला नजिकैमा फोहर राख्ने डम्पिङ साइटका कारण राप्ती खोला तथा आसपासका बस्ती समेतमा समस्या भएको स्थानीयवासीको गुनासो रहेको छ । डम्पिङ साइटमा पटकपटक हुने आगलागीबाट उत्पन्न वायु प्रदूषणले स्थानीयवासी थप मारमा परेका छन् ।

    बजारभित्रका घर, होटल, पसल तथा उद्योग व्यवसायबाट फोहर सङ्कलन गरी थुपारिएको ठाउँमा आगलागी हुँदा बजार क्षेत्रसम्म दुर्गन्ध फैलिने गरेको छ । डम्पिङ साइटबाट निस्कने फोहरको दुर्गन्ध तथा प्रदूषणले उपमहानगरपालिका–११ स्थित सिमलटारको एक हजार ५०० घरधुरीलाई प्रत्यक्ष असर परेको बताइएको छ । सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरले त्यहाँबाट डम्पिङ साइट हटाएर बस्तीभन्दा टाढा लैजानु पर्ने बताउँछन् ।

    त्यसैगरी पटकपटक डम्पिङ साइटमा हुने आगलागीबाट निस्कने प्रदूषणले न्यूरेनी, सिमलटार, चाइना क्वाटर, डागङ्डुगे, थानाभञ्याङ नयाँबस्ती १४ घरे, कर्रा, भूटनदेवी मन्दिर टोल, वन क्याम्पसलगायतका क्षेत्रमा प्रत्यक्ष असर परेको जनगुनासो रहेको छ । साथै आगलागीले गर्दा त्यहाँका बस्ती नै जोखिममा रहेको बताइएको छ । डम्पिङ साइट बजार एवं बस्ती नजिकै भएकाले त्यसलाई अन्यत्र सानुपर्ने न्यूरेनीका समाजसेवी रामप्रसाद भण्डारीको भनाइ रहेको छ ।

    यसैगरी भुटनदेवी मन्दिर टोल विकास संस्थाका स्थानीयवासी सविन माक्तानले डम्पिङ साइटलाई व्यवस्थित गरेर तारबार गर्नुपर्ने बताउँछन् । फोहरमा हुने आगलागीलाई नियन्त्रण नगरेमा त्यहाँबाट निस्कने प्रदूषणले बालबालिका तथा वृद्धवृद्धाको श्वासप्रश्वास र स्वास्थ्यमा असर पर्ने उनको भनाइ छ । शहरीकरण, बढ्दो जनसङ्ख्या र बसाइँसराइले गर्दा उपमहानरपालिकाबाट उत्पादित फोहरको परिणाम दिन प्रतिदिन बढ्दै गएको छ ।

    केही दिनअघि डम्पिङ साइटमा तीन दिनसम्म आगलागी हुँदा हेटौँडा उपमहागनगर पालिकाको दमकले आगो नियन्त्रण गर्नु परेको थियो । प्रदूषित धुवाँ र गन्ध आउने कारणले कोठा थुनेर बस्दा समेत घरमा बस्ने अवस्था थिएन । यो समस्या पटकपटक आइरहेको हेटौँडाका बासिन्दाको गुनासो छ भने हेटौँडा उपमहानगरपालिकालाई पनि फोहरको दिगो व्यवस्थापन कसरी गर्ने चिन्ताले सताएको छ ।

    वन विज्ञान अध्ययन संस्थानको १५८ बिघा जमीनमा कार्यालय भवन सङ्ग्रहालय, खेल मैदान, होस्टल र क्वाटर तथा अन्य भागमा वन जङ्गल रहेको छ । हाल त्यसको पछाडिपट्टी वन क्षेत्रमा डम्पिङसाइट अर्थात हेटाँैडाको फोहर फाल्ने गरिएको छ । त्यो डम्पिङसाइटसँगै राप्ती खोला बगेको छ ।

    डम्पिङ साइटमा राख्ने फोहर पानी, सडेगलेका अन्नपात, लुगा कपडा, प्लाष्टिक र अन्य मरेर सडेगलेका जीवजन्तुको हाडखोरलगायत अन्य प्रदूषित सामग्रीले खोलाको अवस्था सङ्कटमा परेको पाइएको छ । होहरले खोलाको पानी पानी प्रदूषित भएको छ । पानीको प्रदूषणले कृषिबाली, खानेपानी तथा नुहाउनेलगायतको काममा समस्या भएको छ । प्रदूषणलाई नियन्त्रण गर्न डम्पिङ साइटलाई खोलाभन्दा टाढा लैजानुपर्ने स्थानीयवासी हरिप्रसाद रिजालले बताए । तत्कालै सार्ने पर्र्ने अवस्था नभए त्यसलाई व्यवस्थित गर्नु पर्ने उनको भनाइ छ ।

    यता जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल डम्पिङ साइटबाट आएको दुर्गन्धित फोहर तथा दूषित पानीबाट राप्ती खोलालाई जोगाउनु पर्ने बताउँछन् । खोलाबाट हुने गिटी बालुवाको उत्खनन रोक्नुपर्ने आवश्यकता रहेको रिजालको भनाइ छ । गैरकानूनी रुपमा गिटी बालुवाको ढुवानी गर्ने व्यक्ति तथा संस्थालाई जरिवाना गरेर छोड्ने प्रवृत्तिले अवैध काम नरोकिएको प्रमुख पौडेल बताउँछन् ।

    वन विज्ञान अध्ययन संस्थानको जङ्गलभित्र रहेका मृग र चित्तल डम्पिङ साइटमा जाँदा छाडा तथा भुस्या कुकुरले मार्ने गरेको संस्थानका प्रमुख विजय यादवले जानकारी दिए । एकहप्ता अगाडि दुई वटा चित्तललाई कुकुरले मारेको बताए । डम्पिङ साइटमा भुस्या कुकुर धेरै रहेको, चित्तल देख्नासाथ आक्रमण गर्ने गरेको उनको भनाइ छ । विगतमा सो अध्ययन संस्थानको वनमा १५० भन्दा बढी मृग तथा चित्तल रहेको थियो । असुरक्षाको कारण त्यसको सङ्ख्या घटदै गएको प्रमुख यादवले बताए ।

    विसं २०२४ मा भारत सरकारबाट निर्माण गरिएको सो अध्ययन संस्थानको भौतिक पूर्वाधारको मर्मतसम्भारको अभावका कारण पर्खाल भत्केको र ठाउँठाउँमा तारबार टुटेको छ । अतिक्रमणले वन जङ्गलको क्षेत्र घटदै गएको र अनधिकृत व्यक्तिको प्रवेशले चित्तल, मृगजस्ता वन्यजन्तु मारिने समस्या बढेको छ । रासस

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.