हेटौंडा । मकवानपुरका ब्लड क्यान्सर पीडित ५ वर्षीय बालक सुवोध आले मगरलाई उपचारको लागि ६ लाख ९२० रुपँया सहयोग गरिएको छ । मकवानपुरगाढी गाँउपालिका स्थाई ठेगाना भई हाल हेटौंडा–५ पिप्ले निवासी ब्लड क्यान्सर बाट पीडित बालकलाई युनिक स्यम्सेवक नेपालले उपचारका लागी उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।
शुक्रबार हेटौंडा(५ स्थित निवासमै पुगेर युनिकले उक्त रकम परिवारलाई हस्तान्तरण गरेको हो । सुवोधको उपचारमा हालसम्म ९ लाख रुपैया खर्च भैसकेको परिवारले बताएका छन्।
सामाजिक संञ्जालमा सुवोधको स्वास्थ अवस्थाबारे थाहा पाएपछि आफुहरुले सहयोग रकम जुटाउन देब्यापी अभियान चलाएको युनिक स्यम्सेवक नेपालका अध्यक्ष बुद्धिमान कार्कीले बताए ।








