सांकेतिक तस्विर
हेटौँडा । हेटौँडा-५ सिंचाई टोल नजिक झोलामा संकास्पद वस्तु भेटिएको छ। जेब्रा झोलामा बिजुलीको तार सहितको संकास्पद वस्तु फेला परेको र उक्त स्थानमा मानिस र सवारी साधन आवतजावतमा निषेध गरि सुरक्षा व्यवस्था कडा पारिएको छ। विस्फोटक पदार्थ जस्तो देखिएकोले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको मकवानपुर प्रहरीले जनाएको छ।नेकपा विपल्व समुहले आफ्नो नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको छ।








