हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११, नवलपुरमा बसले मोटरसाईकललाई ठक्कर दिँदा तीन जना घाईते भएका छन् । आइतबार दिउँसो भएको उक्त दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चितवनबाट हेटौंडा आउँदै गरेको ना ६ ख ५८४० नंबरको बसले बिपरीत दिशाबाट आउँदै गरेको ना ३० प ४० ६५ नंबरको मोटरासाईकललाई ठक्कर दिएको हो । यस्तै बसको पछाडी रहेको ना ४३ प ६५२९ नम्बरको मोटरसाइकल पनि बसमा ठोकिएर दुर्घना भएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक र मेटरसाइकलमा रहेका गरी तीन जना घाईते भएका छन् । घाईतेलाई उपचारको लागी चुरेहिल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।








