फाइल फोटो
हेटौंडा । हेटौंडा-१५ रंगशाला चोकमा अलकत्रा बोकेको ट्यांकरमा आगलागी हुँदा सहचालक घाइते भएका छन् । घाइते हुनेमा बारा परवानीपुरका ४० बर्षीय अनुहर अन्सारी हवारी रहेका छन्।घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
गौरीटार-चिसापानी सडक खण्डको कालोपत्रेका लागि अलकत्रा ल्याएको ना२ख ४२२२ नम्बरको ट्यांकर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सपना एण्ड मेरिना कन्स्ट्रक्सनको ट्यांकर हेटौंडा उपमहानगरपालिकाको बारूण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा निभाईएको थियो ।








