सांकेतिक तस्विर
हेटौंडा । हेटौंडामा शुक्रबार विहान होटलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने रौतहटको देवाही नगरपालिकाका ४२ बर्षीय विनोद यादव रहेका छन् ।
हेटौंडा-४ हुप्रचौरमा रहेको ५ तल्ले क्विक-२० होटलको छतबाट खसेका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले यादवको उद्धार गरेर अस्पताल लगेको थियो ।
यादवले होटलमा सरसफाइको काम गर्ने गरेको प्रहरीको भनाइ छ । घटनास्थलमा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टको टोल पुगेर थप अनुसन्धान थालेको छ ।








