हेटौंडा । केशबलाल श्रेष्ठ स्मृती प्रतिष्ठान मकवानपुरले यही माघ २९ गते देखि गर्ने भनिएको महिला तथा पुरुष नगर भलिवल प्रतियोगिताको मिति सरेको छ । नयाँ मिति अनुसार प्रतियोगिता फागुनमा हुनेभएको छ ।
प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा शनिवार बसेको बैठकले प्रतियोगिता फागुन १९ गते देखि २२ गते सम्म हुप्रचौरको भलिवल कोर्टमा गर्ने निर्णय गरेको छ । माघ २९ गते देखि गर्ने भनिएको प्रतियोगिताको तयारी अपुग भएकाले फागुन १९ गते देखि २२ गतेसम्म गर्नेगरी नयाँ मिति तोकिएको प्रतिष्ठानका अध्यक्ष विष्टले जानकारी दिए ।
प्रतियोगिताको विजेता टीमले ५० र उपविजेताले ३० हजार पुरस्कार प्राप्त गर्ने तथा सेमिफाईनल पुगेका टीमलाई १०÷१० हजार रुपया प्रदान गरिने प्रतिष्ठानको महासचिव वसन्त सिटौलाले जानकारी दिएका छन् । नगरका प्रत्येक वडाबाट महिला र पुरुष टीमको सहभागितामा हुने प्रतियोगिताका लागि हेटौडा उपमहानरपालिकाले सहयोग गर्दै आएको छ ।








