हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध चरेश मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत मकवानपुरले २०७५ साल असार ४ गते दोषी ठहर गर्दै ५ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका हेटौंडा -५ का २८ वर्षीय सुरज लामालाई पक्राउ गरेको हो।
उनलाई लुकीछिपी बसेको अवस्थामा हेटौँडा ५ बाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका लामालाई कैदभुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।








