हेटौंडा । बैतडीको दोगडाकेदार गाउँपालिकामा किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाल मानव अधिकार संगठन मकवानपुरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मकवानपुर सभापति एवं प्रदेश संयोजक अप्सरा बस्नेतद्वारा जारी विज्ञप्तिमा घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको हो ।
विज्ञप्तिमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्ट बलात्कार र हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याई हदैसम्मको सजाय हुनुपर्ने माग गरिएको छ । घटना भएको यतिका दिन भईसक्दा पनि अभियुक्त पक्राउ समेत नपरेकाले यथाशिघ्र निष्पक्ष अनुसन्धान गरी पीडित परिवारलाई क्षतिपूर्तिसहित न्याय दिलाउन माग गरिएको छ ।
विज्ञप्तिमा आगामी दिनमा यस्ता घटनाबाट कोही पनि पीडित हुनु नपरोस् भनि महिला तथा बालबालिकाका लागि सुरक्षित समाज निर्माण गर्न संगठनले माग गरेको छ ।









