हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ३१ वटा टिपरमाथि जरिवाना गरेको छ । राजमार्गमा ट्राफिक नियम उल्लंघन गरि क्षमता भन्दा बढी मालसामान बोक्ने, त्रीपाल प्रयोग नगर्ने, लापरबाही साथ सवारीसाधन चलाउने ३१ टिपरलाई जरिवाना गरेको हो मकवानपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा खटिएको टोलीले चालक नियम पालनाका लागि जानकारी समेत गराएको थियो ।
ढुंगा, गिट्टी र वालुवा बोक्ने सवारी ढाला भन्दा माथिसम्म सामान बोक्ने र त्रिपाल नलगाई तिब्र गतिमा संचालन हुँदा दुर्घटनाको जोखिम बढेको सर्वसाधारणको गुनासो छ ।








