हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको चण्डिका माविका विद्यार्थीलाई स्विटर सहयोग गरेका छन् ।
बानियाँले विद्यालयका कक्षा ६ देखिमाथिल्ला कक्षाका विद्यार्थीलाई स्विटर सहयोग गरेका हुन् । बानियाँले आइतबार विद्यालयमा भएको कार्यक्रममा विद्यालयका २ सय २८ विद्यार्थीलाई स्विटर वितरण गरेका छन् ।
विद्यालयका अध्यक्ष राजकुमार गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी–२ का अध्यक्ष बखानसिं पाख्रिन, नेपाली कांग्रेसका जिल्ला नेताहरु यतिराज सापकोटा, लोक मोक्तान, विद्यालयका शिक्षक, व्यवस्थापन समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
यसअघि शिवमले तल्लो कक्षाका विद्यार्थीलाई स्विटर सहयोग गरेको र बानियाँले आइतबार माथिल्ला कक्षाका विद्यार्थीलाई स्विटर सहयोग गरेपछि विद्यालयका विद्यार्थी सबैले नयाँ स्विटर लगाउने अवसर पाएको र विद्यालय पोशाकमा पनि एकरुपता देखिएको अध्यक्ष राजकुमार गोलेले बताए ।








