मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर २ मा ल्होछार बिशेष कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमसँगै नृत्य प्रतियोगिता आयोजना गरिएको हो । भुन्द्रुङ टाँडीस्थित रत्नलिङ गुम्बाको आयोजनामा सम्पन्न कार्यक्रममा राष्टिय कलाकारहरु रविन चेपाङ, सुन्दर लामा, सुजन चेपाङ लगायतको प्रस्तुति रहेको थियो ।
त्यस्तै तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामा, स्थानिय र्यापार ईमान लामा, दिनेश लामा, सारिका लामा, हर्कमान वाईबा रिदम लगायतको प्रस्तुतिमा समेत दर्शक झुमेका थिए । यसैबीच कार्यक्रममा आयोजित नृत्य प्रतियोगितामा श्रीजनशिल युवा क्लब प्रथम भएको छ । त्यस्तै, सक्षम युवा क्लब द्वित्तीय र बस्तिपुर ग्रुप तृतिय भएको छ ।
नृत्य प्रतियोगिताको निर्णायकमा पर्बत राई, कृष्ण स्याङ्तान लगायत रहेका थिए । रत्नलिङ गुम्बाका अध्यक्ष विष्णुलाल स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष आनन्द घलानको प्रमुख आतिथ्यता रहेको थियो ।








