सांकेतिक तस्विर
हेटौंडा । मकवानपुरको थाहानगरमा रुखबाट खसेर एक पुरुषको मृत्यु भएको छ । सोमबार साँझ थाहानगरपालि-४ सिमभञ्याङ स्थित करुणाभुमी सामुदायिक वनमा स्याउला झार्न रुखमा चढेका स्थानीय ५५ बर्षीय सिताराम थिङ स्याउला झार्ने क्रममा खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








