फाइल तस्विर
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा विहिबार दिउँसो असिना पानी परेको छ । विहानैदेखि मधुरो घाम लागिरहेकोमा एक्कासी दिउँसो पानी परेको हो । अहिले मेघगर्जनसहित असिना पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि विहिबार हल्का बर्षाको सम्भावना रहेको जनाएको थियो ।








