हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकिटोलमा दुई वटा सुमो एक आपसमा ठक्कर खादा ११ जना घाइते भएका छन । यात्रु बोकेर हेटौंडाबाट काठमाडौं जादै गरेको प्रदेश-३ -०३-००१ज ००२९ नम्बरको सुमो र विपरित दिसाबाट आउदै गरेको ना १ ज २४६० नम्बरको ठक्कर खाई दुर्घटना हुँदा दुवै सुमोका ११ जना घाइते भएका छन।
घाइतेहरूको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ। दुवै सुमो प्रहरी चौकी चौकिटोलको नियन्त्रणमा रहेको छ।








