हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-११ नवलपुरमा ट्रकको ठक्करबाट मयुरी चाललको मृत्यु भएको छ। बिहीबार बिहान मनहरीबाट हेटौंडा आउदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरीत दिसाबाट आउदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई राजमार्ग अन्तर्गत हेटौंडा-११मा ठक्कर दिदा मयुरी चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मयुरी चालक हेटौंडा-११ बस्ने अन्दाजी ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको मकवानपुर प्रहरीले जनाएको छ। उनको गम्भीर अवस्थामा उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ।यो समाचार तयार पर्दा सम्म ठक्कर दिने ट्रक मकवानपुर प्रहरी नियन्त्रण रहेको र चालक फरार रहेको जनाइएको छ।








