हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि सडक अवरुद्ध भएको छ । विहिबार ट्रकको ठक्करबाट मयुरी चालकको मृत्यु भएको विषयलाई लिएर आफन्त र स्थानीयले दिउँसो १ बजेदेखि राजमार्ग अवरुद्ध गरेका हुन् ।
घटनामा संलग्न चालकलाई पक्राउ गर्नुपर्ने र उचित क्षतिपूर्ति उपलव्ध हुनुपर्ने मागसहित स्थानीयले सडक अवरुद्ध गरेको जनाईएको छ । राजमार्ग अवरुद्ध भएको स्थानमा प्रहरी टोली पुगेर राजमार्ग सुचारु गराउन पहल गरिरहेको छ । बिहीबार बिहान मनहरीबाट हेटौंडा आउदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई राजमार्ग अन्तर्गत हेटौंडा–११ मा ठक्कर दिंदा मयुरी चालक स्थानीय ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको थियो ।








