हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी-९ रजैयामा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा मनहरी-३ लामिटारका ७० बर्षीय विष्णुप्रसाद जम्कट्टेल रहेका छन् ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना४४प ३२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका जम्कट्टलको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








