सांकेतिक तस्विर
हेटौंडा। हेटौंडा-१६ हटियामा एक व्यक्तिको शव फेला परेको छ।रुखमा पासो लगाएको अवस्थामा शव फेला परेको हो। उक्त शव सोही स्थान बस्ने राम कृष्ण बलामीको भएको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली रहेको र घटनाको मुचुल्का उठाउने काम भईरहेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
यता हिजो हेटौंडा-८ कर्रा पुल नजिकको खाली घरमा एक वृद्ध मृत अवस्थामा फेला परेका थिए।








