हेटौंडा । मकवानपुर प्रहरीले एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ५ दिन कैद बाँकी र २ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका हेटौंडा(१२ बस्ने ४१ वर्षीय भिमसेन थापामगरलाई प्रहरीले पक्राउ गरेको हो ।
थापामगरलाई शुक्रबार हेटौंडा(१२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका थापामगरलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








