हेटौंडा। मकवानपुर प्रहरीले कार्यालय बाहिरको पार्किङ स्थलमा रोकेर राखिएको मोटरसाईकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
फागुन २३ गते ओखलढुङ्गा घर भई हाल हेटौडा–४ बस्ने प्रेम बहादुर तामाङको नाममा रहेको ना ३३ प ६२५८ नम्बरको पल्सर मोटरसाईकल चोरी गर्ने हेटौंडा-११ का ३३ बर्षीय विजय लामालाई मोटरसाइकल सहित हेटौडा-१० राप्तिपुल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन ।
मोटरसाइकल सहित पक्राउ गरिएको लामामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।








