बकैया । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बकैया गाउँपालिकाको अध्यक्षमा राजाराम अर्याल चयन भएका छन् । मंगलबार बकैयामा भएको राप्रपा बकैया गाउँ परिषद् बैठकले अर्यालको नेतृत्वमा ४१ सदस्यीय बकैया गाउँ कार्य समिति बनाएको हो ।यसैगरि समितिको उपाध्यक्षमा इन्द्रबहादुर योञ्जन,कल्पना घलान,सचिवमा गोबर्धन गौतम,कोषाध्यक्षमा बलराम लामिछाने र सहसचिवमा रामहरी कार्की,सुरज ठकुरी चयन भएका छन् । बैठक राप्रपाका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य राजाराम बर्तौलाको प्रमुख आतिथ्यतामा भएको थियो ।








