• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

बिहान ८ देखि साँझ ८ बजेसम्म पसल खोल्न पाइने

  •   शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ ।

    नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको सरोकारवालाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । नगरक्षेत्रभित्र सञ्चालित औषधिजन्य व्यवसायबाहेकका अन्य सम्पूर्ण उद्योग, वयवसाय, होटल तथा रेष्टुरेण्ट, खाद्यान्न तथा तरकारी एवं फलफूलजन्य व्यवसायलगायतका व्यवसाय स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

    पछिल्लो केही दिनयता कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएकाले यसको असर एवं प्रभाव र सम्भावित महामारीको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय, दमौली अस्पताललगायत नगरक्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थालाई यसको रोकथाम, नियन्त्रण एवं उपचार सम्बन्धमा आवश्यक प्रचारप्रसार मिलाउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

    कोभिडको लक्षण देखिएमा प्रत्येक सोमबार व्यास नगरपालिकाबाट गरिने निःशुल्क पीसीआर परीक्षणका लागि प्रत्येक आइतबार नै नगरपालिकाको स्वास्थ्य तथा जनसङ्ख्या शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ । सङ्क्रमितलाई सामान्य अवस्थामा होम आइसोलेसनमा बस्न र स्वास्थ्य अवस्था जटिल हुँदै गएमा अविलम्ब कोभिड उपचार हुने अस्पतालमा सम्पर्क गरी उपचारका लागि भर्ना हुन नगरपालिकाले आग्रह गरेको छ ।

    साथै तनहुँ जिल्लामा कोभिडको असर एवं प्रभावलाई न्यूनीकरण गर्नका लागि दशवटै स्थानीय तहसँग समन्वय गरी आवश्यक निर्णय लिन जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिए । बैठकमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ, जिल्ला स्वास्य कार्यालयलगायतको सहभागिता थियो । रासस

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.