चितवन । चितवनमा वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । भरतपुर महानगरपालिका ६ बस्ने सुस्त श्रवण शक्ति भएकी १७ बर्षिय वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भरतपुर ६ देवनगर बस्ने ४५ बर्षिय सोम बहादुर सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुर्य थापाले जानकारी दिनुभयो ।
उहाँका अनसार पक्राउ परेका सार्कीले वैशाख १३ गते वालिकालाई दिउँसो ३ बजेको समयमा आफ्नै घर भित्र लगेर जवरजस्ती गर्ने प्रयास गरेका थिए । स्थानिय र परिवारले प्रहरीलाई खवर गरेपछि ईलाका प्रहरी चौकी गितानगरबाट खटिएको प्रहरीको टोलीले सार्कीलाई पक्राउ गरेको थियो ।
निजलाई जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरि चितवन जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ ।








