चितवन । शनिबार एकै दिन चितवन प्रहरीले १ लाख ६ हजार २ सय रुपैयांँ राजश्व संकलन गरेको छ । जिल्लाका विभिन्न ठाउंँबाट प्रहरीले २८३ वटा सवारी साधन बाट १ लाख चारसय रुपैयांँ र तोकिएको समयभन्दा बढी समयमा पसल खोल्ने सञ्चालकहरबाट ५ हजार ८सय गरी १ लाख ६ हजार दुइसय रुपैयांँ संकलन गरिएको प्रहरी प्रवक्ता सरोज गिरीले जानकारी दिए ।
शनिबार बेलुकासम्म प्रहरीले ४२८ जनालाइै होल्डमा राखेर छाडेको थियो भने अवज्ञा गर्ने १२ वटा पसललाई कारवाही गरिएको थियो ।








