• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवन उद्योग संघद्वारा ५१ वटा अक्सिजन ग्यांँस सिलिण्डर हस्तान्तरण

  •   सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन उद्योग संघले अक्सिजन ग्याँस सिलिण्डर हस्तान्तरण गरेको छ । संघले आईतबार भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित अक्सिजन ग्यांँस उत्पादक कम्पनी ॐ सञ्जीवनी इन्टरप्राइजेजलाई ५१ वटा अक्सिजन ग्याँस सिलिण्डर हस्तान्तरण गरेको हो । जिल्लाका विभिन्न उद्योगहरुमा मौज्दातमा रहेका सिलिण्डर जम्मा गर्न आग्रह गरेसंँगै संघका अध्यक्ष राजु पौडेल र इन्टरप्राइजेजका सञ्चालक निरञ्जन न्यौपानेलाई सम्झौता गरी सिलिण्डर हस्तान्तरण गरिएको हो ।

    सिलिण्डरहरु जिल्ला प्रशासन कार्यालय चितवनको सिफारिसका आधारमा आवश्यकता र माग बमोजिम चितवनका स्थानीयपालिका र स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने र सहज परिस्थितिमा सम्बन्धित ग्यांँस धनीलाई फिर्ता गर्नेगरी संघका अध्यक्ष पौडेलको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको थियो । सो क्रममा बोल्दै अध्यक्ष राजु पौडेलले संघले सिलिण्डर जम्मा गर्ने अभियान अन्तर्गत उद्योगीका १६ वटा सिलिण्डर यसअघिनै जिल्लाका अन्य ग्यांँस कम्पनीलाई उपलब्ध गरिएको जानकारी दिए ।

    ‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले आर्थिक सहयोगका साथै अहिलेको परिस्थितिमा मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै हामीले हातेमालो गरेका हौं ।’ अध्यक्ष पौडेलले भने । देशभर अक्सिजन अभावको चरम अवस्था सिर्जना भएको बेला सकारात्मक सन्देश जाओस भन्ने हेतुले संघले सक्दो सहयोग गर्न लागेको उनले बताए । हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख डल्लाकोटीले देशको यो जटिल, जोखिम परिस्थितिमा जनप्रतिनिधिहरु पनि चिन्तित रहेको भन्दै नीजि क्षेत्रले गरेको सामाजिक विकास तथा उत्तरदायित्व बहन गरेको सह्रानीय कदमको प्रशंसा गरे ।

    आगामी दिनमा जोखिम न्यूनिकरणमा आफूहरु लाग्ने भन्दै कार्यालयका सवारीसाधन विरामीको सेवामा प्रयोग गरिने बताए । बोटलर्स नेपाल (तराई) लिमिटेडबाट ४० वटा, स्याण्डविच होम सोलुसनबाट २ वटा, हाईटेक डेलभलपर्सबाट ५ वटा, होमटेक प्रा.लि.बाट ३ वटा र त्रिदेव इन्जिनियरिङबाट १ वटा गरी कुल ५१ वटा ग्याँस सिलिण्डरहरु संकलन गरिएको हो । यसैगरी १६ वटा ग्याँस सिलिण्डरहरु उद्योगहरुले सम्बन्धित ग्याँस उद्योगलाई फिर्ता गरिसकेका छन् ।

    जसमध्ये जलप नेपाल प्रा.लि.बाट १० वटा, सेफ स्टिल प्रा.लि.बाट ५ वटा, ए.आई.बिल्लिङ मेटेरियल प्रा.लि.बाट १ वटा, बाबा कृषि औजार उद्योगबाट ३ वटा र बिनय स्टिल ई.प्रा.लि.बाट ३ वटा सम्बन्धित उद्योगहरुलाई फिर्ता गरिएको थियो। अक्सिजन ग्याँस सिलिण्डर हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, विभिन्न सञ्चार क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गरेका अक्सिजन ग्याँस सिलिण्डर हस्तान्तरण कार्यक्रमलाई संघका उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गरेका थिए।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.